२०८१ मंसिर १० , सोमवार

भारतमा अविरल वर्षासँगै आएको बाढीमा परेर कम्तिमा ३२ जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

आसाम र मेघालयमा शुक्रबारदेखि बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । भारतीय उत्तर पश्चिमी यी दुई राज्यमा वर्षा आइतबार पनि जारी रहेको बताइएको छ।

 

आसामको विपद् व्यवस्थापन विभागका अनुसार असाममा शुक्रबारदेखि निरन्तर वर्षा जारी रहेको पाइएको छ। असाममा मात्र बाढीमा परेर १३ जनाको ज्यान गएको बताइएको छ। यहाँका २८ जिल्लामा बाढी आएको र त्यसमा परेर कम्तीमा पनि १८ लाख भन्दा बढी मानिस प्रभावित भएका छन्।

 

 

उता मेघालयका पनि दर्जनौं जिल्लामा बाढीको प्रकोप बढेको छ। ती जिल्लामा शनिबारसम्ममा १९ जनाको ज्यान गएको बताइए को । यी जिल्लाहरुमा शनिबार रातिसम्म पनि वर्षा जारी रहेको बताइएको छ। यहाँको मौसम विभागले बाढीको प्रकोप रहेकाले सतर्कता अपनाउन सूचना जारी गरेको छ।