२०८१ आश्विन १२ , शनिवार

आईजीपी नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

सुनाखरी न्युज/ काठमाडौं । आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।

 

सर्वोच्चका कायममुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा असार १३ गतेसम्मका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

 

यसअघि जेठ ३० गतेका लागि पेशी तोकिएको मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । मुद्दामा बहस नसकिएकाले फेरि असार १३ सम्म हेर्दाहेर्दैमा राखिएको हो । आइतबार विश्वराज पोखरेलको तर्फबाट दुई दर्जन कानूनविद्ले बहस गरेका थिए ।