२०८१ पुष २२ , सोमवार

नबिल कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधा प्रदान गर्न बैंकर कतार एयरवेज बिच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । नबिल बैंकले कतार एयरवेज सँग बैंकका कार्ड प्रयोगकर्ताहरू लाई विशेष सुविधा प्रदान गर्न सम्झौता गरेको छ जस अन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरूमा लागु हुनेछ र हवाई टिकट खरिद गर्दा १०% छुट पाउनेछन् ।

 

यो छुट मिति२०७९/०३/१७गते देखी लागु हुनेछ । आज आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एलइमामका तर्फ बाट सेल्स म्यानेजर सारिक बोगटीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यस साझेदरी अन्तर्गत Business र EconomyClass हवाई टिकटमा उत्त १०% छुट लागू हुनेछ, र यसकालागि बैंकका कार्ड प्रयोगकर्ताहरूले कतार एयरवेजकाप्रतिनिधिहरूलाई आफ्नोनबिल बैंकको कार्ड पेश गर्नुपर्नेहुन्छ ।

 

कतार एयरवेज अन्तर्राष्ट्रिय हवाई यातायात मूल्याङ्कन संस्था,Skytrax द्वारा 5-Star Covid-19 Airline SafetyRating हासिल गरेको एक विश्वव्यापी अन्तराष्ट्रिय हावाई सेवाहो । अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को प्रभावलाई ध्यानमा राख्दै, यो सहकार्यले हाम्राग्राहकहरूकालागि यो साझेदारी लाभदायक हुने भनिनबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरीले शाह बताए।

 

सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवाप्रदान गर्दै आएको यस नबिल बैंकको १५०शाखा, १८७ ATM र १५०० भन्दा बढि नबिलरेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवातगर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।