२०८१ मंसिर १० , सोमवार

भिषण वर्षाका कारण भारत र बङ्गलादेशमा ५९ जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

भिषण वर्षाका कारण भारत र बङ्गलादेशको जनजीवन प्रभावित भएको छ । बाढी र पहिरो तथा चट्याङ्गमा परेर ५९ जनाको ज्यान गएको छ ।

 

कयौँ बाढी पहिरोमा फसेका छन् । बाढी पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने जनाइएको छ । त्यहाँको मौसम विभागले अझै केही दिन भिषण वर्षाको चेतावनी दिएको बीबीसीले जनाएको छ ।

 

बङ्गलादेशमा सरकारी अधिकारीले अहिलेको बाढी सन् २००४ पछिकै सबैभन्दा ठूलो भएको बताएका छन् । यस्तै, भारतको मौसम विभागले केरला, मुम्बई, बिहार, झारखण्ड, पश्चिम बङ्गाल, ओडिसा लगायत क्षेत्रमा आज पनि ठूलो वर्षाको चेतावनी दिएको छ । एजेन्सी