२०८१ मंसिर ९ , आइतवार

आज २१ जुन वर्षकै सबैभन्दा लामो दिन

सुनाखरी न्युज/ काठमाडौं –

आज जून २१ तारिख अर्थात यस वर्षको सबैभन्दा लामो दिन हो । सामान्यतयाः आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ ।

 

नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन १३ घण्टा ४५ मिनेटको हुनेछ । आज काठमाडौंमा बिहान सूर्योदय ५:०९ मा भएको छ भने सूर्यास्त ७:०३ मा हुनेछ ।

 

सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले २१ जुनमा वर्षकै लामो दिन हुन्छ । जुन २०, २१ र २२ तारिख मध्ये कुनै एक दिन लामो दिन पर्दै आएको छ ।

 

भोलिदेखि दिन छोटो र रात लामो हुँदै जान्छ । डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले दिन सबैभन्दा छोटो र रात लामो हुने गर्दछ ।