सुनाखरी न्युज/ काठमाडौं –
सर्लाहीमा एक युवकको शव हत्या गरिएको अवस्थामा फेला परेको छ।कविलाशी नगरपालिका-८ बस्ने २४ वर्षीय अरविन्द ठाकुरको हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।
मंगलबार बिहान साढे ६ बजेतिर उनको शव सोही वडाको खेतको कुलोमा फेला परेको थियो। उनको घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए।‘शव आज बिहान फेला परे पनि घटना हिजो रातितिरै भएको जस्तो देखिन्छ,’ उनले भने।
प्रहरीले जनकपुर प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहितको टोली समेत बोलाएको थियो। यसमा घाटनामा अनुसन्धान भइरहेको बताए। प्रहरीले पोष्टमर्टमका लागि शव अस्पतालमा पठाएको बताएको छ।