२०८१ आश्विन ६ , आइतवार

जबरजस्ती करणी पश्चात नगद र गहना लुटपाट गरी फरार रहेका व्यक्ति पक्राउ

सुनाखरी न्युज/ काठमाडौं –

२४ वर्षीया महिलालाई जबरजस्ती करणी पश्चात पीडितकै नगद र गहना लुटपाट गरी फरार रहेको अभियोगमा काभ्रे तिमाल गाउँपालिका-९ घर भई बनेपा डेरा गरी बस्ने भोटे, जय, आशिष भन्ने ३० वर्षीय बिश्व तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

ती महिलालाई जेठ २९ गते आफूलाई भोटे बताउने व्यक्तिले ललाई फकाई बिबाह गर्छु भनी प्रलोभनमा पारी काठमाडौं महानगरपालिका-११ भोटेबहालस्थित एक गेष्ट हाउसमा राखी लठ्ठिने पदार्थ पेय पदार्थमा मिसाएर खुवाई जबरजस्ती करणी पश्चात ती महिलाको नगद १ लाख रुपैयाँ, दुई तोला सुन र एउटा मोबाइल समेत लुटी फरार भएका थिए ।

 

उक्त घटनाको सूचना प्राप्त भएको तर अभियुक्त अपरिचित भई शून्यकै अवस्थामा रहेको अनुसन्धानलाई अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी अभियुक्तको पहिचान हुनासाथ प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनको खोजी गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।
उनी उपर जबर्जस्ती करणी गर्न नहुने र चोरी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइहेको छ ।