२०८१ पुष १५ , सोमवार

कुमारी बैंक र महाराजा रिसोर्ट प्रा.लि.बीच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । कुमारी बैंक लिमिटेड र कालिकानगर, बुटवल स्थित महाराजा रिसोर्ट प्रा.लि.बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरु लाई महाराजा रिसोर्ट प्रा.लि.बाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदानगर्ने समझदारी भएको छ।

 

सो सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नविनमुनि बज्राचार्यले तथा महाराजा रिसोर्टका तर्फबाट महाप्रबन्धक रमेश गैरेले हस्ताक्षर गर्नुभयो । डिजिटल कारोबारमा ग्राहकहरू आकर्शित भईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत महाराजा रिसोर्टका विभिन्न सेवाहरुमा आकर्षक छुटको व्यवस्थागरेको हो ।

 

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले सो रिसोर्टबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डबाट गर्दा रिसोर्टको लजिङ्गर फुडिङ्ग शुल्कमा १०% सम्मको छुट प्राप्तगर्न सक्नेछन् । कुमारी बैंकले आफ्ना देशव्यापी १९७शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामीदिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवाप्रदानगर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।