२०८१ पुष १५ , सोमवार

प्रभु बैंक र मणिग्राम विश्राम वाटिका बिच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । प्रभु बैंक लिमिटेड र मणिग्राम विश्राम वाटिका प्रा.लि. बिच, मणिग्राम विश्राम वाटिका प्रा.लि.मा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट मणिग्राम शाखा कार्यालयका प्रमुख सन्तोष खत्रीर मणिग्राम विश्राम वाटिका प्रा.लि.का तर्फबाट निर्देशक श्री गिरीश मणि आचार्य दीक्षितद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक र मणिग्राम विश्राम वाटिका प्रा.लि. बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनु भएका सम्पूर्ण ग्राहक महानुभावहरुले मणिग्राम विश्राम वाटिका प्रा.लि.द्धारा सञ्चालित होटलमाफुडमा १० प्रतिशत र लजिङ्ग सुविधामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ।

उतm सम्झौता अन्तर्गत मणिग्राम विश्राम वाटिका प्रा.लि.मा सुविधा लिन चाहने प्रभु बैंककाग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आरर पीओएसमेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, मणिग्राम विश्राम वाटिका प्रा.लि का सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।