२०८१ आश्विन १२ , शनिवार

सुतेकै ठाउँमा मृत भेटिइन् एक किशोरी

सुनाखरी न्युज/ रोल्पा –

रोल्पामा एक किशोरी मृत फेला परेकी छिन। मृत फेला पर्नेमा रुन्टीगढी गाउँपालिका–५ छिन्नेटाकी १७ वर्षीया कृष्णी विक रहेकी छिन्।

 

विक सुतेको कोठामा सर्पसमेत फेला परेकाले सर्पले डसेको हुनसक्ने आशंका गरिएको छ। मृतकको शव परीक्षणको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

 

विक घरेलु तथा साना उद्योग विकास कार्यालयले सदरमुकाम लिवाङमा सञ्चालन गरेको ब्यूटीपार्लर तालिममा सहभागी थिइन्। उनी कार्यालयको होस्टेलमा बस्दै आएकी थिइन्। रासस