सुनाखरी न्युज/ बारा –
कलैया उपमहानगरपालिका-४ अदालत रोडस्थित रोकी राखेको प्रदेश ०२-०३-०२१प ८०२१ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा रौतहट फतुवा बिजयपुर नगरपालिका-९ टोल लक्ष्मीनिया बस्ने २५ वर्षीय अरूण चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ मोटरसाइकल तथा चोरी गर्ने व्यक्तिको खोजी गर्ने क्रममा अस्थायी प्रहरी पोष्ट बसपार्क बाराबाट खटिएको प्रहरीले चौधरीलाई चोरी भएको मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।
उनी उपर चोरी मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद अनुमति लिई प्रहरीबाट थप अनुसनधान भइरहेको छ ।