२०८१ मंसिर ९ , आइतवार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

सुनाखरी न्युज/ भक्तपुर-
बैकिंङ कसूर मुद्दाका फरार प्रतिवादी खोटाङ हलेसी नगरपालिका-६ स्थायी ठेगाना भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।

 

विभिन्न १० जना व्यक्तिहरुलाई आफ्नो रकम नभएको बैंक खाताबाट चेक काटी २ करोड ३२ लाख ४० हजार रूपैयाँ बराबरको बैंकिङ कसूर गरी फरार रहेका घिमिरेलाई प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।