२०८१ आश्विन १२ , शनिवार

तिमिसँग भेट हुन्छ

गोबिन्द राज ओझा (राजन)

तिमिसँग भेट हुन्छ मेरो भोली मात्र
धेरै कुरा भन्नु छ मैले मेरो भोली मात्र

तिमि सँग मेरो भेटघाट सधै हुने भएपछि
सबै कुरा सुनेर निर्णय गर्छु मैले मेरो भोलि मात्र

यो दुनिया सामु सधै सँगै हिडने गर्थ्यौ हामिले सधै
तिमिलाई बेहुलि बनाई लैजान्छु घरमा मेरो भोलि मात्र

हाम्रो सम्बन्धलाई समधुर बनाउदै लैजानुपर्छ
भन्ने कुरा सबै भन्नुपर्छ मैले मेरो भोलि मात्र

यो मनको माया तिम्रो सामु पोखेर अहिले
डोलि चढाई लैजान्छु तिमिलाई मैले भोलि मात्र

 

नाम :- गोबिन्द राज ओझा (राजन)
ठेगाना :- दिपायल सिलगढी न.पा. २ दिपायल डोटी