२०८१ मंसिर १३ , बिहिवार

नेप्सेमा साताको अन्तिम दिन दोहोरो अंकको वृद्धि

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज शुक्रबार दोहोरो अंकले बढेको छ । आज नेप्से १३.७८ अंकले बढेर एक हजार ८ सय ६२ दशमलब ०६ विन्दुमा बन्द भएको हो ।

बिहिबार नेप्से ४५.२५ अंकले घटेर एक हजार ८ सय ४८ दशमलब २८ विन्दुमा झरेर बन्द भएको थियो । त्यस्तै, आज दुई घण्टा कारोबार भएको शेयरबजारमा एक अर्ब १५ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १५० कम्पनीको शेयरमूल्य बढेको छ भने ४१ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज न्यादी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २७२.९० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार केहि दिनदेखि लगातार उच्च अंकको वृद्धि भएको आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य आज भने घटेको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज ८ करोड ६३ लाख भन्दा बढीको कारोबार भएको छ ।