२०८१ पुष ८ , सोमवार

शुभकामना गोल्डकपको फाइनलमा हेमजा यूनाइटेड र एभिनियर भिड़ने

गोविन्द तिमिल्सिना/ हेमजा । छैटौं नेपाल आइस अन्तराष्ट्रिय हेमजा गोल्डकप आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको सम्पूर्ण सेमीफाइनल खेल सकिएको छ ।

हेमजा यूनाइटेडको आयोजनामा यही असार ४ देखी गौरीशंकर खेल मैदानमा सुरु भएको प्रतियोगिताको फाइनलमा आयोजक हेमजा यूनाइटेड र एभिनियर फुटबल क्लब डाउला भिड्ने छन् । फाइनल खेल अघि शुक्रबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै आयोजक हेमजा युनाइटेडका प्रशिक्षक सुवर्ण जंग कार्कीले आफूहरुले एभिनियर क्लबसंग नै फाइनल खेल्न चाहेको प्रतिक्रिया दिए । उनले एभिनियर विदेशी टिम भएकाले आफूहरुलाई खेल जित्न भन्दा पनि खेलमा अनुभव लिनु ठुलो कुरा रहेको बताए ।

 

एभिनियरका प्रशिक्षक आशिक थापा मगरले फाइनल खेल बराबरीको हुने प्रतिक्रिया दिए । एभिनियरका गोलरक्षक तथा कप्तान कोभास्सिले फाइनलका लागि योजना बनाएर खेल्ने बताए । उनले आफूहरु जित्नका लागी आएको र फाइनल खेलको उपाधी जित्न भरपुर मिहेनत गर्ने बताए । हेमजाले सेमिफाइनलमा खुमलटार युथ क्लबलाई २–० गोलले हराउँदै फाइनल प्रवेश गरेको हो भने एभिनियरले चर्च ब्वाइज क्लबलाई २–१ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

 

प्रतियोगितामा विजेतालाई ६ लाख र उपविजेतालाई ३ लाख सहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही २०/२० हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्ता र अनुशासित टिमले २५/२५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।