२०८१ आश्विन १२ , शनिवार

पहिरोले नुवाकोटका बिभिन्न भागमा क्षति

सुनाखरी न्युज/ नुवाकोट । अविरल वर्षाका कारण नुवाकोटमा विभिन्न स्थानमा क्षति पुगेको छ । बाढी र पहिरोले नुवाकोटको पुर्वी भेगमा रहेको ककनी, लिखु र शिवपुरी गाउँपालिकामा क्षति पुगेको छ ।

 

पर्यटकीय भेगमा रहेको ककनी गाउँपालिका ५ ढुंग्यानटोलमा पहिरोका कारण १० घरधुरी विस्थापित भएका हुन् । भारी वर्षाले ढुंग्यानटोलबस्ती माथिको चट्टानेभीर चिरा परेर पहिरो आउन थालेपछि ती घरहरुलाई स्थानान्तरण गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

 

स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्न गाउँपालिकाका पदाधिकारी, स्थानीयवासी, तथा सुरक्षाकर्मी खटिएका छन् । ककनीसँगै जोडिएको शिवपुरी गाउँपालिकामा ७ घरपरिवार उच्च जोखिममा परेका छन् । उनीहरुलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको प्रहरीले जनाएको छ । यता, विदुरसँगै जोडिएको लिखु गाउँपालिका ३ मा भाल्डाँडामा २ वटा घर बाढीले क्षति पुर्‍याई पशु चौपाया नास गरेको छ । सो क्षेत्रका स्थानीयहरुलाइ सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।