२०८१ मंसिर ८ , शनिवार

लाभांश वितरण गर्ने निर्णय गरे सँगै नागरिक लगानी कोषको सेयर मूल्यमा सकारात्मक सर्किट

सुनाखरी न्युज/ काठमाडौं । ३०% बढी लाभांश वितरण गर्ने निर्णय गरेसँगै नागरिक लगानी कोषको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साताको पहिलो कारोबारी दिन आइतबार नागरिक लगानी कोषको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार सुरु भएको एक घण्टा नपुग्दै कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

 

आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२५१.१० बाट सुरु भएको सेयर कारोबार करिब आधा घण्टामा १० प्रतिशतले बढेर प्रतिकित्ता २ हजार ४२७.७० पुगेको छ। यसरी कम्पनीको सेयर मूल्य कारोबार सुरु भएको एक घण्टा नपुग्दै बढ्नुको काराण कम्पनीले वितरण गर्न लागेको लाभांश हो। कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई ३१.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ।

 

प्रस्तावमा कम्पनीले ३० प्रतिशत बोनस सेयर र १.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने छ। उक्त लाभांश कम्पनीले नेपाल सरकार र आगामी वर्षको साधारणसभाबाट अनुमोदन भएपछि मात्र वितरण गर्नेछ। हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब २७ करोड रुपैयाँ छ। लाभांश वितरणपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब २५ करोड १० लाख रुपैयाँ पुग्नेछ।