सुनाखरी न्युज/ काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट वितरण गरेको १६.५% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।
कम्पनीले गत पुस १३ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा सेयर जम्मा गरिदिएको जानकारी गराएको हो । सो मितिपछि सेयर अभौतिकीकरण गराउने सेयरधनीहरुलाई भने क्रमशः सेयर पठाइने कम्पनीले जानकारी गराएको छ । सेयर अभौतिकीकरण नगराएकाहरुलाई सेयर डिम्याट गराउन कम्पनीले आग्रहसमेत गरेको छ ।
सेयर धितो राखी कर्जा लिएका सेयरधनीहरुको सेयर रोक्का हुने गरी बोनस सेयर जम्मा गरिएको र कर्जा तिरिसकेको भए धितो राखिएको बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरि रोक्का फुकुवा गराउन कम्पनीले आग्रह गरेको छ ।