२०८१ पुष ८ , सोमवार

हेमजा गोल्डकपको उपाधी एभिनियर फुटबल क्लब डाउलालाई

गोविन्द तिमिल्सिना/ हेमजा । छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप आमन्त्रित नकआउट फुटबल प्रतियोगितामा एभिनियर फुटबल क्लब डाउला विजयी भएको छ ।

 

पोखरा २५ हेमजा स्थित गौरीशंकर खेलमैदानमा भएको खेलमा एभिनियर फुटबल क्लबले आयोजक हेमजा युनाइटेडलाई ३–१ गोलले हराउँदै विजयी भएको हो । एभिनियर फुटबल क्लब डाउलाको तर्फबाट जर्सि न. ४ का एनिश, जर्सि न. २१ का स्याङ र जर्सि न. ३४ का बिल्लेले १।१ गोल गरेका थिए । हेमजा युनाइटेडको तर्फबाट जर्सि न. १३ का सुशिल राइले १ गोल फर्काएका थिए । उक्त खेलमा एभिनियर फुटबल क्लबबाट खेलेका जर्सि न. २२ का नेल्शन म्यान अफ दि म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार हात पारे ।

प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले तीन लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा हेमजा युनाइटेडका दिप कार्की घोषित भए । उनले पुरस्कार वापत नगद ५० हजार हात पारे । त्यस्तै उत्कृष्ट गोलरक्षकमा एभिनियर फुटबल क्लबका कोवासी, डिफेन्डरमा हेमजा युनाइटेडका आशिष गुरुङ, मिडफिल्डरमा एभिनियरका नेल्शन, फरवार्डमा हेमजा युनाइटेडका सुशिल राई र प्रशिक्षकमा आशिक थापा चयन भए । उनिहरुले पुरस्कार बापत नगद २०÷२० हजार रुपैयाँ प्राप्त गरे ।

 

त्यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्तामा कमल थापा र बिल्ले रहेका थिए । त्यस्तै अनुशासित टिममा कालिका स्पोर्टस् एकेडेमी घोषित भयो । सर्वाधिक गोलकर्ता र अनुशासित टिमले नगद रु २५÷२५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।