२०८१ पुष २० , शनिवार

समृद्धि फाइनान्सद्धारा बुटवलमा वृक्षारोपण

सुनाखरी न्युज/ काठमाडौं । समृद्धि फाइनान्सले अषाढ १०गते बुटवलमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले बुटवल वडा न.१३ मा रहेको मिलनपार्कमा यस पार्क कि अध्यक्ष दुर्गा पाठक पाण्डेको अध्यक्षतामा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

 

फाइनान्सले समय समयमा संस्थागत सामाजिकउत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको यस संस्थाका का.मु. प्रमुख व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन ।

 

फाइनान्सले मुद्धति  निक्षेपमा सर्वाधिक१२.२५%, र बचत निक्षेपमा अधित्तम१०% सहितआर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखा बाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।