सुनाखरी न्युज/ काठमाडौं । पब्जीमेबाइलप्रो लिग (पीएमपीएल) साउथएसियाच्याम्पियनसिप स्प्रिङ टूर्नामेंट २०२२ मानेपालकादुई टोली ट्रेन्ड टु किल र ज्यानमारा क्रमशः दोस्रो र तेस्रो भएका छन् ।
पब्जी मेबाइलप्रो लिग (पीएमपीएल) साउथएसियाच्याम्पियनसिप स्प्रिङ टूर्नामेंट २०२२ को लागि दक्षिण एसियाभरका पब्जी मेबाइल टोलीहरूले१५०,००० डलरको पुरस्कारका लागिप्रतिस्पर्धा गरेका थिए। चार दिनको प्रतिस्पर्धामामंगोलियाको स्टाल्वार्ट ईस्पोर्ट्सविजयीभएको थियो भने नेपालकादुई टोली ट्रेन्ड टु किल र ज्यानमारा क्रमशः दोस्रो र तेस्रो भएका छन् ।
२०२२ को पीएमपीएल साउथएसियाच्याम्पियनसिप स्प्रिङमा पीएमपीएल दक्षिण एसिया र पीएमपीएल पाकिस्तानबाट छानिएका उत्कृष्ट टोलीहरु सहभागीथिए । सो प्रतियोगितकालागि छनोट भएका १० टोलीमामंगोलियाका स्टालवार्ट ईस्पोर्ट्स,आईएचसी ईस्पोर्ट्स र सिल ईस्पोर्ट्स, नेपालबाट डेडआइज गाइज, ट्रेन्ड टु किल, ज्यानमारा,स्काइलाइटज् गेमिङ,डीआरएस गेमिङ र हाई भोल्टेज तथा दक्षिण एसियाको बाँकी भागबाट फ्यान्टम एस्पोर्ट रहेका थिए ।पीएमपीएल पाकिस्तानबाट ५२एक्सरेज, टिम टफ, साल्टसी८ ईस्पोर्ट्स, द ग्राउण्डर्स, आर३जीसाइड र फ्री स्टाइल सहभागीथिए।
२०२२ पीएमपीएल दक्षिण एशियाच्याम्पियनसिप स्प्रिङमाचार दिनको दौरानमा २४वटा म्याचहरु भएकाथिए । स्टाल्वार्ट ईस्पोर्ट्सले कुल ५० अ्रकप्राप्तगर्दै च्याम्पिपयनभएको थियो भने ट्रेन्ड टु किलले अन्तिमम्याचमा दोस्रो बन्न सफलभएको थियो । यस्तैज्यानमाराले तेस्रो स्थानहासिलग¥यो भने आई८ ईस्पोर्टस् र सील ईस्पोर्टसले क्रमशःचौथो र पाँचौं स्थानहासिल गरे ।
सो प्रतिस्पर्धा दक्षिण एसियाकाप्रतिस्पर्धी रहेका सबै क्षेत्रहरूमा प्रसारित गरिएको थियो । खेलाडीहरूलाई त्यसले साँच्चै नै अन्तर्राष्ट्रिय मञ्चप्रदान गरेको थियो । प्रसारणहरू पब्जीमोबाइल साउथएसियाका सोसल मिडियाका साथसाथै टोलीहरूको आ–आफ्ना सोसल मिडिया प्लेटफर्महरूमापनि स्ट्रिम गरिएको थियो। ईस्पोर्ट्स ब्रोडकास्ट मोडलमा आधारित प्रसारण हेर्नका लागि सबैलाई निशुल्कथियो र दर्शकहरुलाई उत्साहितबनाउनमनोरञ्जनात्मक खण्डहरु पनि समावेश गरिएको थियो ।
प्रतियोगित संचालनभइरहँदाचार देशका सेलिब्रेटीहरूले लाइभउपस्थितभएर कसले लिडरबोर्डमाशीर्ष स्थानमापुग्ने भनेर आफ्नो विचार राखेका थिए। आफ्नो भविष्यवाणी गलतभएउनीहरुले स्ट्रिममा लोकप्रियपब्जीमोबाइल नृत्यहरू देखाएकाथिए । दर्शकहरुले अभिनेत्री रियाशादाहाल, मंगोलियाकानायकबयार्बत मिशिग्दोर्ज, श्रीलंकाकीअभिनेत्रीशानुद्री प्रियासाद र पाकिस्तानकीप्रतिभाशालीभोला रेकर्ड र मथिराको नृत्य हेर्ने मौका पाए ।
यो क्षेत्रको सबैभन्दा ठूलो ईस्पोर्ट्स शीर्षकहरू मध्ये एकको रूपमा रहेको पब्जीमोबाइल दक्षिण एसियामा ईस्पोर्ट्सको हालैको वृद्धिको पछाडि बलियो कारक भएको छ । ब्याटल–रोयाल गेममा दैनिकलाखौं खेलाडीहरू अस्तित्व र युद्ध रणनीतिलाई सन्तुलन राखेर अद्वितीय खेल मेकानिक्सलाई अँगालेर प्रतिस्पर्धा गर्छन् । पब्जीमोबाइल ईस्पोर्टसले स्मार्ट टेक्नोलोजीको विकास तथा खेलको अनुभवलाई अद्वितियबनाउनलागिपरेको ओप्पोसँगको आफ्नो सहकार्य कायमै राखेको छ । ओप्पोको एफसिरिजसँगथपअद्भुतक्रियाकलापहरु सार्वजनिक हुनेछ ।
पब्जीमोबाइलको सम्बन्धमा
पब्जी मोबाइल प्लोयर अननोन्स ब्याटलग्राउण्ड्समा आधारित छ । सन् २०१७यतायसले विश्वमा अन्तक्रियात्मक मनोरञ्जनात्मक माध्यमबाट आफूलाई स्थापित गरेको छ । यस खेलमा १०० जना खेलाडीहरु प्यारासुटमार्फत एउटा टापुमा ल्याण्ड गर्छन् र सबैलाई पराजित गर्छन् । खेलाडीहरुले आफ्नो लागिउपयुक्तहतियार, गाडी लगायतकाआवश्यक सामाग्रीआफैं खोज्नुपर्ने हुन्छ ।
साथै, समयसँगै घट्दै जाने खेल क्षेत्रमा रणनीतिक हिसाबमा सबै प्रतिस्पर्धीलाई हराउनुपर्ने हुन्छ । थप जानकारीका लागि कृपया पब्जी मोबाइलको फेसबुक, ट्विटर तथा युट्युब अकाउन्ट हेर्नुहोला ।