२०८१ आश्विन १२ , शनिवार

अवैध लागूऔषध गाँजाका बोटहरू नष्ट

सुनाखरी न्युज/ पर्वत –

फलेवास नगरपालिका-७ चनौटे, सोही नगरपालिका-१० कुर्घा, माहाशिला गाउँपालिका-५ र पैयु गाउँपालिका-६ का विभिन्न स्थानहरूमा प्राकृतिक रुपमा उम्रिएका करिब १ हजार २ सय २५ वटा अवैध लागूऔषध गाँजाका बोटहरू नष्ट गरिएको छ ।

 

ईलाका प्रहरी कार्यालय लुंखुदेउराली, प्रहरी चौकी फलेवास, अस्थाई प्रहरी चौकी खानीगाउँ, अस्थाई प्रहरी पोष्ट भोर्ले, सम्बन्धित वडाका प्रतिनिधिहरु, स्थानीय बासीहरुको लगायतको सहभागितामा उक्त गाँजाका बोटहरू काटी उखेली नष्ट गरिएको हो ।

 

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा लागूऔषध तथा घरेलु हिंसाको पहिचान र न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सहित ती गाँजाका बोट समेत नष्ट गरिएको हो ।