२०८१ आश्विन १२ , शनिवार

भूमि अधिकार मञ्च कास्कीकोे ३ बुदे माग सबै वडामा

सुनाखरी न्युज/ पोखरा । भूमिअधिकारबाट वञ्चितहरुको हक अधिकार सुनिश्चित गर्नका लागि वकालत गर्दै आएको भूमि अधिकार मञ्च कास्कीका प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका ३३ वटै वडाका वडा अध्यक्षहरु लाई आफ्नो माग पत्र पेश गर्ने अभियान सुरु गरेका छन् ।

 

सुरुमा पोखरा महानगर पालकिाका मेयर धनराज आचार्यलाई आफ्ना समस्या र माग प्रति ध्यानाकर्षन गराएको मञ्चले अब हरेक वडाका वडा अध्यक्षलाई पनि भेटेर आ आफ्नो वडाका समस्या समाधान गर्न दबाव दिने उद्देश्यले समस्या सहितको ३ बुदे माग पत्र पेश गर्ने अभियान सुरु गरेको मञ्चका कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङले बताए । पोखरा वडा नं. ९ का वडा अध्यक्ष दिपेन्द्र मरासिनीलाई माग पत्र हस्तान्तरण गरेर अभियानको सुरु भएको मञ्च कास्कीका सस्थापक अध्यक्ष एवं प्रदेश सदस्य राम बहादुर लामिछानेले बताए ।

 

मञ्चका कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङ सहित मञ्चका संस्थापक अध्यक्ष एव गण्डकी प्रदेश सदस्य रामबहादुर लामिछाने , केन्द्रिय सदस्य कन्या गुरुङ्ग , गण्डकी प्रदेश सदस्य टेकबहादुर पुन, जीत बहादुर मुक्त्तान , कास्की जिल्ला सदस्य नंन बहादुर श्रेष्ठ , पोखरा महानगर अध्यक्ष लेखमाया थापा , उपाध्यक्ष भिम दर्जी लगाएतको प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका वडा नंं. ९,१०,१५,१,६,१६ र १९ को कार्यालयमा गई वडा अध्यक्षहरुलाई मागपत्र पेश गरेका हुन । यसै गरे अन्य वडाहरुमा पनि माग पत्र पेश गर्दै जाने अध्यक्ष पे्रम बहादुर गुरुङले बताए । पत्रमा पोखरा महानगरपालिका र ३३ वटै वडाहरुमा राष्ट्रिय भूमि आयोगको सहजीकरण समितिमा मञ्चको तर्फबाट १ महिला र १ पुरुषलाई मनोनित गर्नुपर्ने उल्लेख छ ।

 

त्यसैगरी भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थीत वसोवासीहरुलाई भोगाधिकारको आधारमा सोही स्थानमा जग्गाको नाप नक्सा गरी निस्सा उपलब्ध गराई पूर्जा सहितको व्यवस्था गर्न र विगत २०६८ सालमा नेपाल सरकारले गठन गरेको सुकुम्बासी समस्या समाधान आयोगले भूमिहिन सुकुम्बासीहरुलाई छानविन गरी उक्त वस्तीहरुमा जग्गा नाप नक्सा समेत तयार गरी सुकुम्बासी परिचयपत्र वितरण गरेको हुनाले उक्त प्रमाणलाई आधारमानी निजहरुलाई सोही स्थानमा श्रेस्ता कायम गरी पूर्जा वितरण गरियोस् भन्ने माग पत्रमा उल्लेख गरिएको मञ्चका कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङले वताउनु भयो । हाल सम्म माग पत्र पेश गरिएका पोखरा महानगरका वडाका वडा अध्यक्षले पत्रमा उल्लेखित मागको संबोधन हुने गरि काम गर्ने बताए ।