२०८१ आश्विन १२ , शनिवार

भिरबाट लडेर एक जनाको मृत्यु

सुनाखरी न्युज/ दोलखा

दोलखाको विगु गाउँपालिका–१ लामाबगरको रिकु भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

लामाबगरस्थित रिकु भिरबाट लडेर जाजरकोटका छेडागाड नगरपालिका–१० का ३२ वर्षीय नवीन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। उनी मजदुरीका लागि दोलखा पुगेका थिए।

 

पुनको लामाबगर सिमीगाउँ जोडको सडक निर्माणका क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। सडक निर्माण गर्ने क्रममा लडेका पुनको शव विगु गाउँपालिका–१ स्थित रिकु भिरमुनि फेला परेको दोलखाका प्रहरी निरीक्षक राजेश सिक्देलले जानकारी दिए।

 

तामाकोशी किनारमा भिरको बीचमा शव फेला परेपछि नेपाली सेना र प्रहरीको टोलीले शव निकालेको थियो। हाल शव परीक्षणका लागि चरिकोटस्थित पशुपति चौलागार्इं स्मृति अस्पतालमा राखिएको छ। रासस