२०८१ आश्विन १२ , शनिवार

गुडिरहेको ट्रकमा आगलागी

सुनाखरी न्युज/ सप्तरी–

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कोसी ब्यारेज नजिक मंगलबार बिहान एउटा ट्रकमा आगलागी भएको छ।

 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कोसी ब्यारेजदेखि पश्चिमपट्टि पर्ने कङ्कालिनी मन्दिरको बीचमा ना६ख ५२६३ नम्बरको ट्रकमा अचानक आगलागी भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।  चकलेट खाली गरी पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको उक्त ट्रक ब्याट्री सर्ट भई आगो लागेको प्रहरीको भनाइ छ।

 

 

आगलागीबाट ट्रकको अगाडिको भागमा पूर्णरुपमा क्षति भएको छ भने अन्य भागमा समेत क्षति भएको स्थानीयवासीले जनाएका छन्। ट्रकमा आगलागी भएपछि तत्काल इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी र हनुमानगर कङ्कालिनी नगरपालिकाको बारुणयन्त्रले आगो निभाएका थियो।   रासस