२०८१ आश्विन १२ , शनिवार

हुम्लामा हवाई उडान बन्द, सामानहरुको मूल्य वृद्धि

सुनाखरी न्युज/ हुम्ला –

हुम्लामा नियमित हवाई उठान हुन नसक्दा समस्या भएको छ । जिल्लामा लगातार वर्षाका कारणले गर्दा नेपालगञ्ज, सुर्खेतबाट आउने उडानहरु बन्द भएका हुन् ।

 

मुख्य यातायात मार्ग नै नियमित नभएपछि जिल्ला सदरमुकाम सिमकोटका पसलहरुमा महङ्गी भई उपभोग्य सामानहरुको मूल्य वृद्धि भएको छ । विकास निर्माणहरु पाइप, सिमेन्ट, सरिया जस्ता निर्माण सामग्रीसमेत ढुवानी नहुँदा निर्माण कार्य पनि ठप्प भएको छ ।

 

स्थानीय बासिन्दा महङ्गीमा परेको कृषक परेकबहादुर रोकायाले बताए । उनले हुम्ला जिल्लामा खाद्यान्नको समस्या रहेको समेत जानकारी दिए । रासस