सुनाखरी न्युज/ काठमाडौं । भक्तपुरमा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई मंगलबार बिहान पक्राउ प्रहरीले गरेको हो ।
सूर्यविनायक नगरपालिका-९ बासघारीस्थित रुहोसा रिसोर्टमा ती युवतीलाई मनिषले जबरजस्ती गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । उता पर्सामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पटेर्वासुगौली गाउँपालिका-१ गदियानी टोल बस्ने ५० वर्षीय जाजुल राउत गद्दीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई गद्दीले जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी रंगपुरटाँडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।