२०८१ माघ ३ , बिहिवार

बाढीले बस्ती जोखिममा

सुनाखरी न्युज/ झापा –
झापाको कमल गाउँपालिका–५ स्थित चाँजु खोलामा आएको बाढीले सो क्षेत्र वरपर कटान तीव्र बनाएको छ।

 

गएरातिदेखि परेको भारी वर्षासँगै खोलामा आएको बाढीले कटान तीव्र बनाएपछि त्यहाँका आधा दर्जन घर उच्च जोखिममा परेका छन्। वडाध्यक्ष लालबहादुर विष्टका अनुसार खोला आसपासका आधा दर्जन घरपरिवारलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आएको छ।

 

खोलामा आएको बाढीले त्यहाँ बनाइएको अस्थायी तटबन्ध भत्काएका कारण खोला बस्तीमा छिर्ने खतरा भएको उनले बताए। कमलका १, २, ५, ६ र ७ वडाका बस्ती डुबान र कटानले जोखिममा परेको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताए।

 

प्राविधिकसहितको टोलीले तत्काल खोलाको कटान नियन्त्रण र परी आउन सक्ने विपद् व्यवस्थापनको पूर्वतयारीका विषयमा आवश्यक परामर्श गरिरहेको गाउँपालिका अध्यक्ष राईले बताए। रासस