सुनाखरी न्युज/ काठमाडौं –
स्लोभाकिया पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा गोंगबुस्थित ग्लोबल भिलेज सोर्स प्रालिमा कार्यरत सामाखुशी बस्ने गुल्मी धुरकोट गाउँपालिका-६ स्थाई घर भएका ३२ वर्षीय ईन्द्र बहादुर पछाईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईन्द्र बहादुरले स्लोभाकियामा जानको लागि प्रतिव्यक्ति ९ लाख ५० हजार रूपैयाँ लाग्छ र उता पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा काममा लगाइदिन्छु मासिक १ लाख ३० हजार रूपैयाँसम्म तलब हुन्छ भनी प्रलोभनमा पारी ३ जना पीडितबाट जम्मा ५ लाख रूपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई गोंगबुबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको छ ।