२०८१ मंसिर १२ , बुधवार

नबिल दिगो बैंकिङको बार्षिकोत्सवमा Nabil Green Week मनाइदै

सुनाखरी न्युज/ काठमाडौं । ग्रामिण क्षेत्रमावित्तीयपहुँचन्यूनभएकालाई वित्तीय साक्षरता सुनिश्चितगर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशिलताप्रवर्धन एवम् नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकाष लक्ष्यलाई सघाउने उद्देश्यका साथ २०७८ धानदिवसको दिनप्रारम्भ गरिएको ‘नबिलदिगो बैंकिङ’ले आज एक वर्ष पूरा गरेको छ । उक्त एक वर्षमानबिल बैंकमात्रनभएर सिङ्गै नेपाली बैंकिङ जगतमा ‘नबिलदिगो बैंकिङ’ एक नवीनपहलको रूपमा स्थापितभएको बैंकको ठहर रहेको छ ।

 

आफ्नो प्रारम्भिक कालबाटै हाइड्रोमालगानीगर्ने देखि लिएर सहुलियतकर्जा प्रदानगर्नाका साथै सामाजिकवातावरण तथाउत्तरदायित्वका क्षेत्रमाकाम गरी दिगो बैंकिङको अभ्यास गर्दै आइरहेको नबिलले हालसम्म नेपालको विभिन्न भू–भागमातथावित्तीय क्षेत्र उल्लेखनीय सफलताहरू हातपारेको बैंकले जनाएको छ । बैंकले ‘नबिलदिगो बैंकिङ’अन्तर्गत वित्तीयपहुँचन्यूनभएकाआमजनतालाई लक्षितगर्दै दुई किसिमकानबिनकर्जाः ‘नबिलकिसानकर्जा’ र ‘नबिलउद्यमशीलकर्जा’ ल्याएको छ । आफ्ना १७दुर्गमशाखाबाट सुरु गरेको यस कर्जा अन्तर्गत २०७९ जेष्ठ मसान्तसम्मकुल ५७१ किसानतथा सानाउद्यमीलाई करीब ४१ करोड कर्जा उपलब्ध गराएको र तीमध्ये करीब ६००० महिलाहरू रहेका बैंकले जानकारी दिएको छ ।

 

यसैगरी ‘नबिलदिगो बैंकिङ’का उद्देश्यहरूमध्ये वातावरण र सामाजिक सरोकार र सम्र्बधन एक अत्यन्तै महत्वका साथ अगाडि बढाइरहेको उद्देश्य रहेको बैंकले उल्लेख गरेको छ । तसर्थ बैंकले व्यावसायिक संस्थाहरूलाई कर्जा प्रदानगर्ने बखतवातावरणीय र सामाजिकजोखिमहरूलाई ध्यानमा राखी ‘ईएसआरएम’ गाइडलाइनहरू अन्तर्गत मात्रकर्जा प्रदानगर्ने व्यवस्था रहेको छ । नबिलबैंकले सन् २०१८ देखिनै रू.१ करोडभन्दा बढी ऋण सुविधालिने र कमर्शियल लीजिङ, टर्म फाइनान्स वाप्रोजेक्ट फाइनान्समध्ये कुनैपनि सुबिधाप्राप्तगर्ने ग्राहकहरूमा ‘एनभारोमेण्ट एण्ड सोसल रिस्क ड्यु डिलिजेन्स’सञ्चालन गरिरहेको बैंकले बताएको छ ।

 

विश्वमाजलवायु परिवर्तनको बढ्दो चिन्तालाई ध्यानमा राख्दै बैंकले २०२१माएऋब्ँ को सदस्यतालिएको र आफ्नो कर्जा पोर्टफोलियो र लगानीसँग सम्बन्धित हरितगृह ग्याँस उत्सर्जन मापन र प्रतिवेदनगर्ने पिसिएएफको अङ्गभइसकेको पनि बैंकले जनाएको छ । साथै नबिल बैंकले २६ मार्च २०२२ माविश्वभर मनाइने अर्थ आवरको अवसरमाबौद्धनाथ स्तुपमा रहेको प्रेयर फ्ल्यागलाई बायोडिग्रेडेबल प्रेयर फ्ल्यागले प्रतिस्थापन गरी पर्यावरणमैत्री सचेतनाअभियान सुरु समेत गरेको छ ।

 

देशमा सामाजिक उद्यमशिलता विकास, प्रोत्साहन र प्रबर्धनगर्नका निम्ति र उद्यमिहरूको विकास र पोषण, तिनीहरूलाई असमानता र वञ्चितिकरणजस्ता सामाजिक समस्याहरू समाधनगर्न र दिगो सामाजिककम्पनीनिर्माणमा सहायतागर्ने ध्येयका साथनबिल बैंकले २०७८, मंसिर ०१गते नबिल स्कुलअफ सोसल अण्ट्रप्रेनरशिपको स्थापनागरिएको हो । नबिल स्कुलअफ सोसल अण्ट्रप्रेनरशिपको स्थापना गरेको छ । यसैगरी संस्थाभित्रैबाट दिगो अभ्यासहरूलाई आन्तरिकीकरण गर्दै नबिल बैंक दिगो भविष्यतर्फ अगाडि बढ्न बैंकले आषाढ १५, २०७८ बाट ‘नबिल स्टाफका लागिदिगो अभ्यासहरू’ योजनापनिल्याएको कम्पनीले उल्लेख गरेको छ । यस योजनाअन्तर्गत दिगो बैंकिङ गतिविधिहरूप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सशक्तबनाउननबिल बैंकले आफ्ना सबै कर्मचारीहरूको व्यक्तिगत र व्यावसायिकजीवनमा समावेश गर्न सकिने किसिमका केहीदिगो अभ्यासहरू अपनाएको बैंकले जनाएको छ ।

 

स्थानीयबजारमा कृषिप्राविधिकहरूलाई कृषिउद्यमीको रूपमा स्थापितगर्नका लागि“कृषिदूत“ (कृषिदूत) विकास गर्ने उद्देश्यका साथ नेपालमै पहिलोपटक कृषि प्राविधिकहरू लाई कृषि ऋणको प्रावधानपनि बैंकले प्रारम्भ गरेकोबताएको छ । यसकाअतिरक्त’नबिलदिगो बैंकिङ’को वार्षिकोत्सव र राष्ट्रिय धानदिवसको अवसरमानबिल बैंकले एक हप्तालामो ‘ल्बदष् िन्चभभल ध्भभप ’ आषाढ १५ बाट सुरु गर्न लागेको बैंकले जानकारी दिएको छ ।