सुनाखरी न्युज/ काठमाडौं –
सवारी साधनमा नवीनतम प्रविधि प्रयोग भइरहेको अवस्थालाई मध्यनजर गर्दै सिप्रदी ट्रेडिङ प्रा .लि र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा मिति २०७९ असार १ गते देखी असार ९ गते सम्म आयोजना भएको राष्ट्रिय सवारी चालक तालिम कार्यक्रम सम्पन्न भएको छ ।
देशभरी फैलिएका सिप्रदीका सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरबाट ८९५ जना टाटा कमर्शियल गाडीका चालकहरुले सहभागीता जनाएको उक्त कार्यक्रमा BSIV प्रविधि सम्बन्धि ज्ञान प्रदान गर्नुका साथै सुरक्षित तथा किफायती ड्राइभिङ्ग, गाडी चलाउदाँ चालकहरुले के कस्ता कुराहरुमा ध्यान दिदा गाडीको कार्य क्षमता बृद्धि गर्न सकिन्छ ,गाडीको आयु बढाउन के गर्नु पर्छ तथा के गर्नु हुदैन, गाडी संचालन खर्चलाई न्यूनिकरण गर्ने उपाय आदि कुराहरु तालिममा समेटिएको थियो ।