२०८१ आश्विन १२ , शनिवार

इन्धनको मूल्य बढेपछि सरकारले महँगी नियन्त्रणका लागि देशव्यापी बजार अनुगमन गर्ने

सुनाखरी न्युज/ काठमाडौं –

वाणिज्य मन्त्रालयको सभाहलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै इन्धनको मूल्य बढेपछि सरकारले महँगी नियन्त्रणका लागि देशव्यापी बजार अनुगमन गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।

 

संघ, प्रदेश, जिल्ला प्रशासन र स्थानीय तहका सबै संयन्त्र परिचालन गरेर बजार अनुगमन गर्ने निर्णय भएको हो । वाणिज्य मन्त्रालयको सभाहलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बडूले इन्धनकाे मूल्य बढेपछि खाद्यान्न, औषधि र सेवाकाे मूल्यमा गरिएको मूल्य वृद्धि घटाउन र उपभोक्तालाई राहत दिन यस्तो निर्णय गरिएको बताए ।