२०८१ पुष २४ , बुधवार

विपद् पूर्वतयारी सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । विपद् पूर्वतयारी सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । International Centre for Integrated Mountain Development (ICIMOD) आयोजनामा संचालित Use of Earth Observation and Geospatial Applications for Disaster Preparedness in Nepal सम्बन्धी ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त तालिममा सशस्त्र प्रहरी बल नेपालका सिनियर अधिकृत र जुनियर अधिकृत गरी १५ जनाको सहभागिता रहेको थियो ।

त्यस अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले बिभिन्न समयमा आउन सक्ने फ्ल्यास फ्लडको पूर्वानुमान गरि बिपद् पूर्वतयारी कार्यका लागि प्रशिक्षण महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभयो । ललितपुरको खुमलटारमा संचालन भएको उक्त तालिमका प्रशिक्षार्थीहरुलाई QGIS, HIGHWAT , OSM Map, Remote Sensing लगायतका बिषयमा प्रशिक्षण गराईएको होे ।