२०८१ मंसिर १४ , शुक्रवार

आगामी तीन दिन भारी वर्षा हुने, उच्च शतर्कता अपनाउन विज्ञको आग्रह

सुनाखरी न्युज/ काठमाडौं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

 

बुधबार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च शतर्कता अपनाउन आम नागरिकलाई आग्रह गर्नुभएको हो । जोशीले आगामी तीन दिन तराईका सबै जिल्लाहरूमा र गण्डकी प्रदेशमासमेत भारी वर्षा हुने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिनसक्ने बताउनुभयो ।

 

‘तराईका लगभग सबै खोलाहरूमा बाढी आउने पूर्वानुमान गरेका थियौं, सायद पूर्वदेखि पश्चिमसम्म अहिले भएको अवस्था छ,’ उहाँले भन्नुभयो, ‘भोलिसम्मै तराईको लगभग सबै खोलाहरू र गण्डकी प्रदेशसम्म अझ भारी वर्षा हुने देखिएको अवस्था छ, खोलाको जलस्तर बढेर अझ डुबान र बाढीले समस्या दिनेछ ।’मनसुन सुरु भएदेखि नै आफूहरूले प्रभावित हुने क्षेत्रहरूमा बसोबास गर्ने २० लाख नागरिकलाई एसएमएसमार्फत जानकारी गराइसकिएको बताउँदै जोशीले मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेको अवस्थामा सतर्क हुन आग्रह गर्नुभयो ।

 

मौसम विश्लेषण (Meteorological Analysis)

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापीय रेखा औसत भन्दा उत्तर तिर ( नेपालको दक्षिणी भू-भाग नजिक) रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)    

         

हाल देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

२०७९ असार १६ गते (बिहिबार)

दिउँसो:  देशभर सामान्य बदली रहनेछ ।  देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशभर केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

२०७९ असार १७ गते (शुक्रबार)

दिउँसो:  देशभर सामान्य बदली रहनेछ ।  देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेश प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

२०७९ असार १८ गते (शनिबार)

दिउँसो:  देशभर सामान्य बदली रहनेछ ।  देशका पहाडी भू-भागका  धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका तराई क्षेत्रमा हल्का वर्षाको सम्भावना छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  मधेश प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशभर सामान्य देखि पुर्ण बदली रहनेछ ।   देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।