२०८१ आश्विन १२ , शनिवार

ठूलो दुर्घटनाबाट जोगिए कांग्रेस उपसभापति धनराज गुरुङसहित पाँच जना

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दुर्घटना हुनबाट जोगिएका छन् । रामेछापको गोगनेमा बिहीबार बिहान उपसभापति गुरूङसहित पाँच जना सवार बा १९ च १८३९ नम्बरको स्कारपियो जिप ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

 

गाडी रामेछापको गोगनेमा सडक किनारबाट थोरै तल झरेको थियो । तर अगाडि ढुंगाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको उहाँले सामाजिक सञ्जालमार्फत जानकारी दिनु भएको छ । सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘ठूलो घटना हुनबाट जोगियो !

 

रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकाले ठूलो घटना हुनबाट जोगियो । भगवानको कृपाले हामी सबै सकुशल छौं ।’ओखलढुंगा जानु भएका उपसभापति गुरूङसहितको टोली रामेछाप हुँदै काठमाडौं फर्किदै थियो ।