२०८१ आश्विन १२ , शनिवार

जाजरकोटको त्रिपुरासुन्दरीमा निःशुल्क एम्बुलेन्स सुरु

सुनाखरी न्युज/ जाजरकोट –

त्रिपुरासुन्दरी नगरपालिका डोल्पाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

 

नगरपालिकाले रु १६ लाख लागतमा आर्थिक वर्ष २०७८–७९ को बजेटबाट एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको हो । नगरप्रमुख जनचन्द्र रोकायाले त्रिपुरासुन्दरीसहित यातायात सेवा पुगेका अन्य पालिकामा पनि निःशुल्क सेवा दिने बताए ।

 

त्रिपुरासुन्दरी नगरपालिकाको कोटबगरस्थित ठूली भेरी नदीमाथि राखिएको बेलीब्रिज पनि सञ्चालनमा आएको छ । रासस