२०८१ आश्विन १२ , शनिवार

मुख्यमन्त्री पाण्डेलाई इन्जिनियर्स एसोसिएसनको ज्ञापन पत्र

सुनाखरी न्युज/ काठमाडौं । मकवानपुर । नेपाल इन्जिनियर्स एसोसिएसन वाग्मती प्रदेश समितिले विभिन्न माग राख्दै मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई ज्ञापन पत्र बुझाएको छ ।

 

समिति सभापति रोहिणी पौडेलले समग्र इन्जिनियरहरूको तर्फबाट आठ बुँदे ज्ञापन पत्र पेस गरेका हुन् । ज्ञापन पत्रमा वाग्मती प्रदेशसभामा पेस हुँदै गरेको स्थानीय सेवा अध्यादेश–२०७८ मा केहि थप प्रावधानको माग गरिएको छ । विभिन्न इन्जिनियरिङ विधाहरुका दक्ष जनशक्तिलाई राज्यका निकायमा समावेश गरेर लैजान विधा थप गरी पदपूर्तिको व्यवस्था मिलाउन माग गरिएको छ ।

 

सूचना प्रविधि, सुरक्षालगायतका विषयमा दक्षता प्राप्त गरेका इन्जिनियरहरुको उचित सदुपयोग गर्न राज्यले ध्यान दिनुपर्ने, कार्यस्थलमा इन्जिनियरको सुरक्षालाई कडाइका साथ राज्यले दायित्व लिनुपर्ने लगायत माग गरिएको छ । मुख्यमन्त्री पौडेलले संस्थाले पेसागत हितप्रतिको सोचबाट आफू उत्साहित भएको बताउँदै मागहरु समयोचित सम्बोधनको लागि सकारात्मक रहेको बताएका थिए ।