सुनाखरी न्युज/ काठमाडौं । गरिमा विकास बैंकले सदैव संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सेवामूलक कार्यहरु गर्दै आईरहेको छ ।
यसैलाई नै निरन्तरता प्रदान गर्दै यस विकास बैंकले आफ्नो न्यूरोड शाखाको समन्वयमामिति २०७९ सालअसार १६ गते बिहिबारका दिन ट्राफिक प्रहरी वृत जनसेवा न्यूरोड, काठमाडौं लाई ट्राफिक जनचेतनामूलक सामाग्री हस्तान्तरण गरेको छ । बढ्दो ट्राफिक समस्या तथा यसबाट हुने सम्भावित जोखिम लाई न्यूनिकरण गर्न यस प्रकारका ट्राफिक जनचेतनामूलक सामाग्री अति नै उपयोगी हुने विश्वास यस बैंकले राखेको छ ।
हाल, यस विकास बैंकले १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।