२०८१ पुष ८ , सोमवार

छैटौं पोखरा स्पोर्टस् अवार्ड : पुन परिवारद्वारा खेल पत्रकार पुरस्कार प्रायोजन

सुनाखरी न्युज/ पोखरा-

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार हुन लागेको पोखरा स्पोर्टस् अवार्ड –२०७८ मा सहयोग आउने क्रम जारी छ । सो अवार्ड कार्यक्रममा प्रदान गरिने उत्कृष्ट खेलकुद पत्रकार पुरस्कारको प्रायोजन सम्झौता भएको छ । पोखरा–१० रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको परिवारजनले पुरस्कार वापत ३५ हजार रुपैयाँ प्रायोजन गरेका हुन् ।

 

मञ्चका कार्यस मिति सदस्य समेत रहेकाउमेश पुन स्व. सेनानी हेमबहादुरका नाति हुन् । पुन परिवारले स्पोर्टस् अवार्डमा हरेक वर्ष लगातार सहयोग गर्दै आएको छ । गण्डकी प्रदेशकै गौरव पोखरा स्पोर्टस् अवार्डमा यसपालि विभिन्न७ विधामा अवार्ड प्रदान गरिनेछ । मञ्चले २०७९ असार १८ मा पोखरा सभागृहमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी ती विधामा अवार्ड प्रदान गर्नेछ ।

 

जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट खेल पत्रकारिता अवार्डमा नगद सहित अवार्ड वितरण गर्नेछ । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लबपोखरा, नेपालभूतपुर्व खेलाडीमञ्च, तमु धिं युके, आभ्याक्लब, युनाइटेड नेसनको वातावरणपार्टनर टेल जीब्राण्डको टाइगर मोडलको इलेक्ट्रिक स्कुटर, होटलपौवा लेकसाइड, जु जु वेर्यस,निसीखोलागाउँपालिकाबाग्लुङसिटीवान टेलिभिजन, पोखरेली मञ्च युके, परिचय एड्भर्टाइजिङ, चिल्लिबार एण्ड रेष्टुरेन्ट, टाइगर गुप्र अफपोखरा, साइमनपार्टी प्यालेस, वल्डलिंक, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, अमेरिकाबाट सरिता गुरुङ, जापानबाट पूर्व अध्यक्षमोहनघले, पूर्व अध्यक्ष प्रेमनारायणन्यौपाने, मनकामना पेट्रोलपम्प, शितलज्योतीयुवाक्लब, लाइफकेयर डाईग्नोस्टिक्स एण्ड रिर्सच सेन्टर, सुनगा भान्युज, स्टेशन गैह्रापाटन, सिटीजनफर्निचर, जिल्ला खेलकुदविकास समितिकास्की, गण्डकीएण्ड धौलागिरी सप्लायर्स प्रालि लगायत सहयोगीको रुपमा जोडिएको मञ्चले जनाएको छ ।

 

अवार्ड कार्यक्रमको थपआर्कषणको रुपमागायकविनोद वानिया, हाँस्यकलाकार युवराजभण्डारी, गायक सन्तोष बस्याल, गायिकाप्राप्तितुलाचन, राष्ट्रियलोक तथा दोहोरी गीतप्रतिष्ठानगण्डकीको लाइभ दोहोरी, गण्डकीप्रज्ञाप्रतिष्ठानको कल्चरल नृत्य, गण्डकीबिव्वाइजको बिबोइङ नृत्य, मन क्षेत्रीको गजल वाचन तथा दीपकगोदारको संयोजकत्वमा डेमोस्ट्रेशन रहनेछ । दिउँसो ३ बजे सुरु हुने कार्यक्रममाप्रवेश निःशुल्कहुनेछ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रमगर्दै आएको मञ्च अध्यक्ष दीननाथ बरालले बताए ।