२०८१ पुष ८ , सोमवार

पोखरा स्पोर्टस् अवार्ड :प्रदीप र अरुणावर्ष खेलाडीघोषित

सुनाखरी न्युज/ काठमाडौं –

प्रदीपखड्का र अरुणा शाही छैटौं पोखरा स्पोर्टस् अवार्ड २०७८ मावर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुषमा टेनिसका प्रदीप खड्का र वर्ष सर्वोत्कृष्ट खेलाडी महिलामा भलिबलकी अरुणा शाही घोषित भएका हुन् ।

 

वर्ष सर्वोत्कृष्ट खेलाडी विधामा प्रदीपले विधान अधिकारी (ब्याडमिन्टन) र बुद्धलामा (कराँते)लाई पछि पार्दै अवार्ड जिते । सोही विधाको महिलातर्फ नेपाली भलिबलटिमका राष्ट्रिय कप्तान समेत रहेकी शाहीले मनिषा उपाध्याय (क्रिकेट) र सरगम कुमाल (कराँते)लाई पछिपार्दै अवार्ड जितेकीहुन् । अवार्ड बिजेता खड्का र शाहीदुवै जनाले एक–एकथान ईलेक्ट्रिक स्कुटर प्राप्तगरेका छन् ।

 

यस्तै लाइफ टाइम अचिभमेन्ट अवार्डबाट गणेश बहादुर भट्टराईलाई सम्मान गरियो । पाकिस्तानमा भएको चौथो दक्षिणए शियाली खेलकुदमा रजत पदक बिजेता समेत रहेका पोखराको ड्याम साइड निवासी भट्टराईको नेपालको खेल क्षेत्रको विकासमा ठूलो योगदान रहेको छ । कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, मञ्चका अध्यक्ष बराल लगायतले भट्टराईलाई लाइफटाइम अचिभमेन्ट अवार्डका साथमा चाँदीको करुवा, ताम्रपत्र र दोसल्ला लगाएर सम्मान गरेका थिए ।

 

यस्तै कार्यक्रममा वर्ष उत्कृष्टउदीयमान खेलाडीविधामा टेनिसकादर्शिल श्रेष्ठले अवार्ड जितेका छन् । उनले सृष्टि जैशी (क्रिकेट) र शाहिललिम्बु (बक्सिङ) उछिन्दै अवार्ड जितेका हुन् ।  यस्तै वर्ष उत्कृष्टप्रशिक्षकमा टेनिसका निरज थापाले अवार्ड जिते । उनले रिजन प्रजु (क्रिकेट) र रेकमाया गुरुङ (तेक्वान्दो)लाई पछिपार्दै अवार्ड जितेका हुन् । अवार्ड विजेताथापावर्ष सर्वोत्कृष्ट खेलाडीपुरुषप्रदीपखड्का र उदीयमानउत्कृष्टवर्ष खेलाडीदर्शिल श्रेष्ठका गुरु हुन् ।

 

वर्ष उत्कृष्ट खेल संघबाट तेक्वान्दो संघ गण्डकीप्रदेश सम्मानितभएको छ । त्यस्तै, वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड कान्तिपुरकर्मी दीपक परियारले प्राप्त गरे । अवार्ड विजेताउत्कृष्टवर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्टप्रशिक्षक, उत्कृष्ट संघ र वर्ष उत्कृष्ट खेल पत्रकारलाई ट्रफीसंगैनगद ३५÷३५ हजार र सम्मानपत्रप्रदानगरियो । गण्डकीप्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यमा भएको समारोहमा प्रमुख अतिथि मुख्यमन्त्रीपोखरेलले खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित अवार्ड समारोहको महत्वबारे प्रकाशपार्दै सरकारले खेल क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिबद्धताव्यक्त गरे ।

 

मञ्च अध्यक्षदीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चको गतिविधि र धन्यवाद ज्ञापन उपाध्यक्ष सुरज श्रेष्ठले गरेका थिए । कार्यक्रमको सञ्चालन मञ्चका महासचिव राजाराम पौडेल र सदस्य लक्ष्मी जिसी ‘पल्पसा’ ले गरेका थिए । अवार्ड वितरण समारोहमा गायक विनोद वानिया, हाँस्यकलाकार युवराज भण्डारी, गायक सन्तोष बस्याल, गायिका प्राप्तितु लाचन, राष्ट्रियलोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको लाइभ दोहोरी, गण्डकी प्रज्ञा प्रतिष्ठानको कल्चरल नृत्य र खेल डेमोस्ट्रेसन लगायतले कार्यक्रमको माहोल तताएको थियो ।

 

अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, आभ्याक्लब, युनाइटेड नेसनको वातावरण पार्टनर टेल जी ब्राण्डको टाइगर मोडलको इलेक्ट्रिक स्कुटर, होटलपौवा लेकसाइड, जु जु वेर्यस, पोखरा रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा परिवारजनको सहयोग, सिटीवान टेलिभिजन, पोखरेली मञ्च युके, परिचयएड्भर्टाइजिङ, निसी खोला गाउँपालिका बाग्लुङ, चिल्लिबार एण्ड रेष्टुरेन्ट, टाइगर गुप्र अफ पोखरा, साइमनपार्टी प्यालेस, वल्डलिंक, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, अमेरिकाबाट सरिता गुरुङ, जापानबाट पूर्व अध्यक्ष हन घले, पूर्व अध्यक्ष प्रेम नारायणन्यौपाने, मनकामना पेट्रोलपम्प, शितल ज्योती युवा क्लब, लाइफकेयर डाईग्नोस्टिक्स एण्ड रिर्सच सेन्टर, सुनगाभान्युज, स्टेशन गैह्रापाटन, सिटीजनफर्निचर, जिल्ला खेलकुदविकास समितिकास्की, गण्डकीएण्डधौलागिरी सप्लायर्स प्रालि, नेपाल खानेपानी संस्थानलगायत सहयोगीको रुपमा जोडिएको मञ्चले जनाएको छ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।