२०८१ पुष २६ , शुक्रवार

अन्तरिक्षबाट देखियो सूर्यग्रहणको अद्वितीय दृश्य, तीन महिनापछि पृथ्वीबाट देखिने

सुनाखरी न्युज/ काठमाडौं –

नासासँग यस्ता केही उपकरण छन् जसमार्फत् सूर्यलाई प्रत्यक्ष रुपमा देख्न सकिन्छ ।  अन्तरिक्षमा यस्तै एउटा विशेष उपकरणले आंशिक सूर्य ग्रहणको तस्बिर खिचेको छ ।

 

यो तस्बिर चन्द्रमा सूर्यको नजिकबाट यात्रा गरिरहेका बेला खिचिएको हो ।नासाको सोलर डायनेमिक्स अब्जर्भेटरीले २४ घण्टा सूर्यमाथि निगरानी राख्छ । २९ जुनमा अब्जर्भेटरी र सूर्यबीच चन्द्रमा आयो जसको तस्बिर यसले खिचेको छ । ग्रहणको चरममा चन्द्रमाले सूर्यको ६७ प्रतिशत हिस्सा छोपेको थियो । सोलर डायनेमिक्स अब्जर्भेटरी (एसडीओ) ले अन्तरिक्षमा आफ्नो विशेष भिन्टेज पोइन्टबाट ग्रहणको तस्बिर खिचेको हो ।

 

यो ग्रहण पृथ्वीबाट देखिएको थिएन । पृथ्वीबाट ग्रहण २५ अक्टोबरमा देखिनेछ जुन अधिकांश युरोप, उत्तरी अफ्रिका, मध्य पूर्व र एशियाको पश्चिमी हिस्साबाट देखिनेछ । एसडीओले सौर्य गतिविधिले अन्तरिक्षको मौसमको निर्माण र सञ्चालन कसरी गर्छ, कोरोनल मास इजेक्सन (सीएमई) ले पृथ्वीमा सौर्य आँधी कसरी पैदा गर्न सक्छ भन्ने विषयमा अध्ययन गरिरहेको छ ।

 

यो सौर्य चक्रको शिखर गतिविधिबाट सूर्य अझै तीन वर्ष टाढा छ, जुन जुलाई २०२५ मा हुने अपेक्षा गरिएको छ । यद्यपि, यो पहिले नै केही तेज फ्लेयर्स, सनस्पट्स, सीएमई र यहाँसम्म कि हालमा भइरहेको दुर्लभ को–रोटेटिङ इन्टरेक्सन रिजन (सीआईआर) सँग असामान्य रुपमा सक्रिय छन् । एजेन्सी