२०८१ पुष २२ , सोमवार

काठमाण्डौ उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा

सुनाखरी न्युज/ काठमाडौं –

१५ बर्ष देखी अनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिंङ्ग सेवा पुर्याउदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १७५औं, १७६औं तथा १७७औं शाखा काठमाण्डौ ठूलो भर्याङ्ग, थली र बुढानिलकण्ठमा गरी थप ३ वटा शाखाहरु संचालनमा ल्याएको छ। यस संगै काठमाडौं उपत्यकाभित्र यस बैंकको ३२ वटा शाखाहरु संचालनमा रहेका छन् ।

 

सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदानगर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

 

साथै ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु सरल र सहज तवरले प्रवाहहोस् भन्ने अभिप्रायका साथ बैंकले हालसालै काठमाण्डांैको नारायण गोपालचोक शाखा, नवलपरासीको अमरापुरी शाखा, रुपन्देहीको बाँसगढी शाखा र हुम्लाजिल्लाको सिमिकोट शाखा गरी ४ वटा शाखास्थानान्तरणगर्ने कार्य समेत सम्पन्नगरिसकेको छ। आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्र्दे आएको यस बैंकले प्रमुख वित्तीय सूचकहरू नियामकनिकायले तोकेको सिमा भित्रका यम गरेको छ । रु १ खर्ब ४८ अर्ब निक्षेप संकलन गरि रु १ खर्ब ३४ अर्ब कर्जा प्रबाह गरि करिब १४ लाख ग्राहकहरुलाई अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ ।

 

त्यसै गरि कर्जा निक्षेप अनुपातका सँगै अन्यवित्तीय परिसूचकहरु पनि नियम कनिकायले तोकेको सिमा भित्रै कायम गरेको छ । साथै आधुनिक बैंकिंङ्ग प्रणालिलाई सधै प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंकले यस अघि नै कियोस्क ई.के.वाई.सी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ । साथसाथै, यस बैंककाग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्र को समेत स्थापना गरिसकेको छ ।

 

जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थितन भईकन नम्बरमा फोन गरी तथा support@ctznbank.comमा ईमेल गरी प्राप्तगर्न सक्नुहुनेछ । यस प्रकारको सेवाबाट बैंककाग्राहकहरुले सहज रुपमा सेवा प्राप्तगरि लाभान्वित हुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७७ वटा शाखा, १२९ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।