सुनाखरी न्युज/ काठमाडौं –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने उक्त अवधिमा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको हो।
१ हजार १ सय ६२ जनाको पीसीआर परीक्षणमा ३९ जना र ९ सय ५८ जनाको एन्टीजेन परीक्षणमा १४ जना गरी ५३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तैगरी, पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट २० जना निको भएका छन् भने हाल देशभर ३ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् ।
जसमध्ये ३ सय २९ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना संस्थागत आइशोलेशन र ४ जना आईसीयूमा छन् । आइबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ११ लाख २० हजार ३ सय १४ पुगेको छ ।