सुनाखरी न्युज/ काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र Galaxy Specialty Clinic Pvt. Ltd.बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र Galaxy Specialty Clinic Pvt. Ltd.का प्रबन्ध निर्देशक शिव राज केसीले हस्ताक्षर गर्नुभयो ।
यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहक महानुभावहरुलाई Galaxy Specialty Clinic महाराजगंज, काठमाण्डौँमा प्राप्त हुने सेवाहरु जस्तैः M X-ray, USG, ECG, ECHO लगायतका सेवाहरुमा १०% सम्म र OPD सेवामा २५% सम्मको आकर्षक छुट प्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकमहानुभावहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।
साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले ] Galaxy Specialty Clinic सँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकमहानुभावहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराउनु भयो ।