२०८१ आश्विन १२ , शनिवार

रामेछापको लुभुघाटमा बस दुर्घटना हुदाँ ९ जनाको घटनास्थलमै मृत्यु

सुनाखरी न्युज/ काठमाडौं । रामेछापमा यात्रुबाहक बस दुर्घटनामा परेको छ। दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ।

 

खाँदादेवी गाउँपालिका-१ स्थित लुभुघाटमा मंगलबार बिहान १० बजे बस सडकबाट अन्दाजी ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए। उनका अनुसार बा ३ ख ८३९६ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी २२ जना घाइते छन्। घाइतेहरूको उपचारको लागि धुलिखेल पठाइएको छ। चार जनालाई हेलिकप्टरबाट ल्याउने तयारी भइरहेको छ।

 

बस रामेछापबाट काठमाडौं आउँदै थियो। दुर्घटना के कारणले भएको भन्ने खुलिसकेको छैन।