२०८१ मंसिर ३ , सोमवार

मन्त्रिपरिषद् बैठक बस्दै

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मंगलबार दिउँसो ३ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको बताइन् । ‘नियमित बैठक हो, त्यस्तो खास प्रस्तावहरू आएको छैन,’ उनले भनिन् ।

 

बजेट निर्माणमा बिचौलिया प्रयोग गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई हटाउन चौतर्फी दबाब परिरहेका बेला प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को बैठक राखेका हुन् । त्यसपछि गठबन्धनका शीर्ष नेताहरु भेट हुने कार्यक्रम छ ।