२०८१ मंसिर ८ , शनिवार

एनएमबि बैंकद्वारा सुर्खेतको सामुदायीक विद्यालयको भवन पुनःनिर्माण

सुनाखरी न्युज/ काठमाडौं –

एनएमबि बैंकले सामाजिक दायित्व अन्तर्गत विरेन्द्रनगर सुर्खेत–१६ स्थीत सरस्वती प्राथमिक विद्यालयको छाना माथिको पुन र्संरचना÷सम्भार र कक्षा कोठाको मर्मत सम्भार गरेको छ ।

 

गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थीहरु खुल्ला चौरमै पढन बाध्यथिए । एक कार्यक्रम माझ बैंकले ४ वटा कोठाको पुनःनिर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो । उक्तकार्य परियोजनाको समापन तथा हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट क्षेत्रीय प्रवन्धक मित्रराज प्याकुरेल, कर्मचारीहरु निर्मल गौली लगायत उपस्थित थिए भने विद्यालयको तर्फबाट विद्यालय ब्यवस्थापन समिती शिक्षक तथा बिद्यार्थी र पत्रकारहरु लगायत सदस्यहरु उपस्थित थिए ।

 

उक्त कार्यक्रममा क्षेत्रीय प्रवन्धक प्याकुरेलले यस सहकार्यले विद्यार्थी भाईबहिनीहरुमा पठन पाठनमा सहज हुने विश्वास ब्यक्त गर्नु भयो । बैंकले वित्तीय कारोवार मात्र गर्ने थाहा भएपनि सामाजिक कार्यमा सहयोग गर्ने कुराले आफूहरु हर्षित भएको विद्यालयका प्रधानाध्यापक खड्कबहादुर खड्काले बताए । ‘सामाजिक कार्यमा एन एम बि बैंकको सहकार्यले शिक्षक, विद्यार्थी र अभिभावकमा खुसी छौं ।’ प्रधानाध्यापक खड्काले भने, ’वीरेन्द्रनगरकै विकट वडा भएकाले विद्यालयमा सेवा सुविधा छैन् । यस्तो अवस्थामा बैंकले गरेको सहयोग अतुलनीय छ ।

 

’विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानितभएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मापनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’प्राप्तगरिसकेको छ ।एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवाप्रदानगर्दै आइरहेको छ ।