२०८१ आश्विन १२ , शनिवार

पर्यटकीय स्थल महेन्द्र गुफामा वृक्षारोपण

शिशिर पौडेल / पोखरा । पोखराको प्रमुख पर्यटकीय स्थल महेन्द्र गुफामा रहेको बाल उद्यानमा वृक्षारोपण गरिएको छ । लक्ष्मी वैंकमा कार्यरत कर्मचारीको संस्था लक्ष्मी केयर्सको सहकार्यमा महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिको आयोजनामा भएको कार्यक्रममा धुपि, पारिजात, गुलमोहर लगायतका विभिन्न फुल तथा सौन्दर्य प्रजातिका करिव ५० वटा बिरुवा रोपिएको हो ।

 

गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्थाको समेत समन्वयमा भएको कार्यक्रममा लक्ष्मी वैंकका गण्डकी प्रदेश प्रमुख सन्दिप मानन्धरले विकास समितिका संयोजक गुरूदत्त भट्टराईलाई बिरुवा हस्तान्तरण गरि कार्यक्रमको शुरूवात गर्नुभयो । मानन्धरले वातावरणीय संरक्षणका लागि वोट विरूवाको संरक्षण आवस्यक रहेको वताउनुभयो । विकास समितिका संयोजक भट्टराईले सवै क्षेत्रको सहकार्यवाट नै वातावरणलाई स्वच्छ , सफा वनाउन सकिने वताउँदै, रोपिएका विरूवाको संरक्षणमा जोड दिनुभयो । पुष्प व्यवसायी वसन्त वानियाँले वृक्षारोपणका विषयमा सहभागीलाई प्रशिक्षण दिनु भएको थियोे ।

 

लक्ष्मी वैंकका विकास आचार्यले अन्तर्राष्ट्रिय क्षेत्रमै परिचित पर्यटकीय क्षेत्रमा सहकार्यमा काम गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । विन्ध्यवासीनि मा विको संरक्षण तथा व्यवस्थापनमा संचालित महेन्द्र गुफामा गुरूयोजना अन्तर्गत विभिन्न काम भईरहेका छन् ।