२०८१ मंसिर ९ , आइतवार

बेवासिरे अवस्थामा रहेको सामान सशस्त्र प्रहरीद्वारा बरामद

सुनाखरी न्युज/ काठमाडौं । पश्चिम नवलपरासी जिल्लाको सरावल नगरापलिका ७ स्थित बर्गदवा तथा पालिनन्दन गाउँपालिका २ स्थित मुडेराबाट असार २१ गते सशस्त्र प्रहरीले करीव ३ लाख ५७ हजार रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको छ ।

बेवारिसे अवस्थामा रहेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासी मातहतमा रहेको बिओपी हरपुर र बिओपी भुजहवाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी जमुनाहाबाट खटिएको सशस्त्र प्रहरीले असार २१ गते करीव २ लाख ८६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको २ सय ६० के.जी. सुर्ती बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सुर्ती सशस्त्र प्रहरीले बाँके जिल्लाको नेपालगंज उपमहानगरपालका १५ तित्रहवा स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सुर्ती भन्सार कार्यालय नेपालगंजमा बुझाईएको छ ।