२०८१ आश्विन १२ , शनिवार

चट्याङले विद्युतगृहमा क्षति पुर्याउदा ३७६ घरधुरी अन्धकारमा

सुनाखरी न्युज/ म्याग्दी-

पश्चिम म्याग्दीका मालिका गाउँपालिका–४ च्युरीबोट स्थित ३० किलोवाट क्षमताको विद्युतगृहमा चट्याङले ठूलो क्षति पुर्याएको छ ।

 

सोमबार राति परेको चट्याङले च्युरीबोटस्थित दाजुङखोला लघु जलविद्युत गृहमा क्षति पुर्याएको लघु जलविद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्दबहादुर घर्तीमगरले जानकारी दिए । चट्याङले रु चार लाख ५५ हजार बराबरको क्षति भएको छ ।

 

जेनेरेटरमा क्षति भएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । तीस किलोवाट क्षमताको सो लघुजलविद्युत् परियोजना बन्द हुँदा च्युरीबोट, ओखरबोट, महभिर छाप, खतेनलगायत गाउँका ३७६ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् ।

बगरफाँटमा बाढी पहिरोको त्रास

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँ बाढी र पहिरोको उच्च जोखिममा परेको छ । माथिबाट पहिरो खस्ने र नदीले तीव्र कटान गर्न थालेपछि गाउँ नै जोखिममा परेको हो । विसं २०५७ देखि म्याग्दी नदीले बगरफाँटमा कटान गर्दै आएको छ । बगर फाँटमा २१४ परिवारको बसोबास छ ।

 

म्याग्दी नदीको कटान नियन्त्रणका लागि बर्सेनि नदी किनारमा ग्याबिन जाली भर्ने गरिए पनि दिगो हुनसकेको छैन । बगरफाँटको १५० रोपनीभन्दा बढी खेतीयोग्य जमिन बाढीले बगाएको छ । रासस